यस वर्ष पनि घिमिरे नेपाल प्रथम

तानसेन। पाल्पाको रैनादेवी छहरा ४ अमलाबासमा जन्मेका कमल घिमिरे सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा निरन्तर नेपाल प्रथम हुन सफल भएका छन् । विगतका वर्षहरुमा नेपाल प्रथम भएका घिमिरेले गत आर्थिक वर्ष २०८०।०८१ मा पनि सर्वाधिक बीमा गरी नेपाल प्रथम हुन सफल भएका हुन ।

गत आर्थिक वर्षमा व्यक्तिगत कोड अन्तर्गत बुटवल पाल्पा रोड शाखा कार्यालयका अभिकर्ता घिमिरेले १२ हजार भन्दा बढी अभिकर्ताको बिचमा सबैभन्दा धेरै प्रिमियम संकलन गरेर नेपाल प्रथमका साथ सर्बोत्कृष्ठ अभिकर्ता बन्न सफल भएको कम्पनीले जनाएको छ ।

हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेका घिमिरे आफूलाई अब्बल र उत्कृष्ट साबित गर्न सफल भएका छन् । सामान्य परिवारबाट बाल्यकाल बिताएका घिमिरेले एक दशक अघि गणित विषयको शिक्षण पुस्तिका समेत सार्वजनिक गरेका थिए ।

शिक्षण पेशा त्यागेर बीमा अभिकर्ताको रुपमा अघि बढेको घिमिरले नेपालकै उत्कृष्ट अभिकर्ताको रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताएका छन् ।

घिमिरेसंगै यस अवधिमा कोहलुर शाखाका गौरब कुमार शाही दोस्रो र बनेपा शाखा कार्यालयका दिपक सापकोटा तेस्रो स्थानमा रहेका छन् । कम्पनीले पछिल्लो समय बीमा अभिकर्ताहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुकासाथै बीमा दावी भुक्तानीमा पनि जोड दिएको छ ।

तपाईको प्रतिक्रिया