रामपुर नगरपालिकामा ८७ वटा विवादका उजुरी दर्ता

तानसेन। पाल्पाको रामपुर नगरपालिकामा गत आर्थिक वर्षमा ८७ वटा विवादका उजुरी दर्ता भएको पाइएको छ । दताए भएकामध्ये ५५ वटा विवादको मेलमिलाप गरिएको छ ।

न्यायीक समितिकी संयोजक तथा उपप्रमुख बाल कुमारी थापाका अनुसार विवादमा जग्गा विवाद, सम्बन्ध विच्छेद, महिला बालबालिका यौन तथा घरेलु हिंसा, पारिवारिक विवाद, व्यक्तिवादी, ज्याला नदिएको, कुलो, बाटो, साँध सीमाना, खानेपानी जस्ता उजुरी न्यायीक समितिमा छलफलका लागि दर्ता भएका थिए । जसमध्ये सबै भन्दा बढी जग्गा विवादका २५ वटा उजुरी दर्ता भएका थिए ।

दर्ता भएका उजुरीमध्ये ६० वटाको टुँगो लागेको छ । जसमा ५५ वटा उजुरीको मेलमिलाप, २ वटा उजुरी फिर्ता लिएको, ३ वटा उजुरी जिल्ला अदालतबाट फैसला भइ टुंगिएको संयोजक थापाले बताइन् ।

यस्तै १७ वटा उजुरी भने प्रक्रियामै रहेको र ९ वटा उजुरी छलफल हुन बाँकी रहेको उनले बताइन् । केही विवाद वडा तथा केहीलाई मेलमिलाप केन्द्रमार्फत समाधानको पहल गरिएको छ ।

स्थानीयस्तरमै विवादका समस्या समाधान गर्नका लागि १० वटै वडामा गरी ३७ वटा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।

विगतमा १९ जना मेलमिलापकर्ता रहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा १८ जना मेलमिलापकर्ता थप गरी ३७ जना मेलमिलापकर्ताले काम गर्दैै आएको रामपुर नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको