बगनासकालीमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै

 

तानसेन।  पाल्पाको बगनासकाली गाउँपालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता संचालन हुने भएको छ । पदम राना कप क्लव स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

समाजसेवी पदमबहादुर रानाको परिवारबाट आयोजना हुने प्रतियोगित खोरबारी खेलमैदानमा यही साउन २४ गतेदेखि २६ गतेसम्म संचालन हुनेछ । भलिबल खेलको विकास गर्नुका साथै खेलकुदमा आकर्षण बढाउन र नयाँ प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेलको आयोजना गरिएको आयोजक राना परिवारका सदस्य डिला रानाले बताइन् ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समूहले ३० हजार रूपैयाँ द्वितिय हुनेले २० हजार रूपैयाँ, तृतीय हुनेले १५ हजार रूपैयाँ र सान्त्वना हुनेले ५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फ प्रथम हुनेले १५ हजार रूपैया द्वितिय हुनेले १० हजार रूपैयाँ, तृतीय हुनेले ५ हजार रूपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुष भलिबलमा दर्ता शुल्क ५ सय रुपैयाँ र महिलाका लागि दर्ता शुल्क नलाग्ने व्यवस्था आयोजकले गरेको छ ।

बगनासकाली गाउँपालिका २ पोखराथोक निवासी रानाले यसअघि बगनासकालीका विद्यालयहरूको शैक्षिक गुणस्तरीय वृद्धिका लागि अक्षयकोष एवम शैक्षिक सामाग्री,झोला वितरण,ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लौरो वितरणसमेत गरेका थिए ।

वैदेशिक रोजगारीकाे शिलशिलामा युएईमा रहेका रानाले खेल क्षेत्रको विकसमा टेवा पुर्याउले उद्देश्य राखेर हाल भलिबल प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया