पाल्पाको रिब्दीकोट गाउँपालिका ४ हटियामा सार्वजनिक सुनुवाई

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ४ हटियामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिकाको आयोजनामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा सम्पन्न गतिविधिहरूको सार्वजनिक गरिएको हो । कार्यक्रममा रिब्दीकोट गाउँपालिका नारायणबहादुर कार्कीले सार्वजनिक सुनुवाईमा प्राप्त सुझावहरूले गाउँपालिकालाई आगामी आर्थिक वर्षको योजना बनाउन सहयोग पुग्ने बताए ।

गाउँपालिकाले कृषिका माध्यमबाट नागरिकको आर्थिक स्थितिमा सुधार ल्याउने योजनाका साथ काम गरिएको अध्यक्ष कार्कीले बताए । १० वर्ष गाउँपालिकाले कृषि क्षेत्रमा काम गर्ने र त्यसपछिका १० वर्षमा पर्यटन क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेको कार्कीले बताए । अध्यक्ष कार्कीले जग्गाधनीको स्वघोषणा आधारमा नेपाल सरकारले राजश्व वृद्धि भएको बताए ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मणि खनालले शिक्षा क्षेत्र बिग्रिएको अवस्थामा अन्य क्षेत्र पनि राम्रो हुँदैन । त्यसैले सबै मिलेर शिक्षा क्षेत्रलाई राम्रो बनाउनुपर्छ । सकारात्मक समीक्षाबाट प्राप्त गुनासाहरुलाई सुझावका रुपमा ग्रहण गरी कार्यक्रम तय गरिने उनले बताए ।

रिब्दीकोट गाउँपालिका ४ वडा अध्यक्ष सोम कुमार कार्कीले वडाले गरेका कामहरूका बारेमा नागरिकलाई जानकारी गराउने उद्देश्यका साथ सार्वजनिक सुनुवाई गरिएको बताए । उनले नागरिकसँग आमुन्य सामुन्य गरेर गुनासो सुन्ने परिपाटी नै लोकतान्त्रिक परिपाटी भएको बताए । गाउँपालिकामा सार्वजनिक सुनुवाई गर्दा वडा स्तरका नागरिकको गुनासो सुनुवाई हुन समस्या हुने भएकोले आफूहरुले वडास्तरमै सार्वजनिक सुनुवाई गरेको उनले बताए ।

वडा सचिव मीना खड्का पोखरेलले २०८०।८१ मा वडाद्वारा सम्पादित गतिविधिहरूको प्रस्तुति राखिन थियो । गत आर्थिक वर्षमा गाउँपालिका वडा नम्बर ४ मा ५५ लाख बजेट विनियोजन भएकोमा ५२ लाख ९ हजार ७१३ मात्र खर्च भएको थियो ।

स्थानीयबासिन्दा कमलराज पौडेल, माधव पोखरेल, यज्ञ प्रसाद ज्ञवाली, मीना श्रेष्ठ, तुल बहादुर अधिकारीले खानेपानी, सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले गुणस्तरीय शिक्षा आयआर्जनमुखी कार्यक्रम, स्वास्थ्य जीविकोपार्जन सम्बन्धी कार्यक्रम, राजस्ववृद्धि, पूर्वाधार लगायतले गुनासो पोखेका थिए ।

कार्यक्रममा रिब्दीबोट गाउँपालिका प्रविधिक शाखा प्रमुख पुरन कार्की, स्वास्थ्य चौकी प्रमुख राहुल रस्जोगीले आफनो शाखाले गरेका कामको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया