
तानसेन ।पाल्पा बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, जोरधारामा सवारी साधन दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस सोमबार अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएपछि हाइसमा सवार यात्रुहरू घाइते भएका हुन् ।
घाइते हुनेमा तानसेन नगरपालिका–१० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका–७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्चुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीरकोट नगरपालिका–९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका–२२ का रमेश केसी रहेको प्रहरीले जनाएको छ।
घाइतेको स्थानीयले उद्दार गरि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।