जोरधारामा हाइस दुर्घटना: सात जना घाइते

तानसेन ।पाल्पा बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–५, जोरधारामा सवारी साधन दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन् । बुटवलदेखि पोखरातर्फ जाँदै गरेको ग२ख १२२५ नम्बरको हाइस सोमबार अनियन्त्रित भएर सडक किनारको पर्खालमा ठोक्किएपछि हाइसमा सवार यात्रुहरू घाइते भएका हुन् ।

घाइते हुनेमा तानसेन नगरपालिका–१० की लक्ष्मी कार्की, नवलपरासी पश्चिम सराबल गाउँपालिका–७, का राजेश गुप्ता, रामु सहानी, मेराज मन्चुरी, दीपेन्द्रकुमार कुसवाह, स्याङ्जा भीरकोट नगरपालिका–९ का तारापति रेग्मी र कास्कीको पोखरा महानगरपालिका–२२ का रमेश केसी रहेको प्रहरीले जनाएको छ।

घाइतेको स्थानीयले उद्दार गरि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको