पाल्पामा ९५ प्रतिशत रोपाइँ

तानसेन।  पाल्पामा यस वर्षको वर्षे धान रोपाइँ सम्पन्न गरेका छन् । किसानलाई पानीसंगै रसायनिक मलको अभाव नभएपछि ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

गत वर्ष सात हजार ६४० हेक्टर क्षेत्रफलमा वर्षे धान लगाएका यहँँका किसानले यो वर्ष सात हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा धान लगाएका छन् ।

कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोषकुमार चौधरीका अनुसार पाल्पामा ३६ हजार ५६७ हेक्टर खेती गरिएको जमिनमध्ये आठ हजार २४० हेक्टर भू भागमा वर्षे धान खेती हुने क्षेत्रफल मानिन्छ ।

जिल्लाकै अन्नभण्डार मानिने माडीफाँटसंगै, कचल अर्गली, पीपलडाँडा, दोभान, रामपुर, झडेवालगयतका फाँटसंगै टारी खेतमा पनि वर्षे धान खेती हुँदै आएको छ ।

ढिलो पानी परेपनि असारको दोस्रो सातादेखि सुरु भएर साउनको तेस्रो सातामा रोपाइँ सम्पन्न भएको हो। आकासे पानीको भरमा वर्षे धान लगाउने किसान र मकैलगायतका खेती स्याहार गरेर मात्रै धान लगाउने किसानले ढिलो रोपाइँ गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया