पाल्पा प्रहरीद्धारा तीन जना फरार प्रतिवादी पक्राउ

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले कैद सजाय तोकिएर फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तानसेन ६ बसर्पाक बस्ने ४७ वर्षीया नारायणी राना, रामपुर ५ का २४ वर्षीय अप्सन बहादुर वंसी ठकुरी र तानसेन नगरपालिका ३ का ४४ वर्षीय अर्जुन थापा रहेका छन् ।

रानाले २०८० मंसिर १४ गते जिल्ला अदालत पाल्पाबाट चेकअनादर मुद्दामा रु एक हजार जरिवाना फैसला भई फरार रहेकोमा बुधबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ठकुरीले २०८० असार २० गते अदालतबाट अभ्रद व्याहार मुद्दामा आठ हजार जरिवान फैसला भई फरार रहेका र २०८० जेठ २ गते सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय फैसला भई फरार रहेका पाल्पा थापालाई पनि बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई निजको घरबाट पक्राउ गरेर अदालतमा कैद भुक्तानको लागि पेश गरेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer