
काठमाडौं। जाजरकोटमा पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका २ माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार रहेको प्रहरीले जनाएको छ ।
भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका उनीहरुको पहिरो गएपछि मृत्यु भएको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।