सुख्खा पहिरोले पाल्पा-बुटवल खण्ड अवरुद्ध

तानसेन। सनिवार दिउँसो सुख्खा पहिरो खसेपछि सिर्द्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा बुटवल सडक अवरुद्ध भएको हो।

ढुंगासहित खसेको ठूलो पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए । हाल सिद्धबाबा सुरुङ्ग मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरेपनि ढुंगासहितको पहिरो ठुलो भएको हुदा सडक सुचारु गर्न चार पाँच घण्टा लाग्ने भण्डारीले बताए।
सडक अवरुद्ध हुँदा दुवैतर्फका सवारी साधन बाटोमै रोकिएका छन् । अहिले पनि स-साना ढुङ्गा खस्ने क्रम जारी रहेको हुँदा पहिरो पन्छाउन समस्या हुन सक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer