पाल्पामा भगवतीकाे रथ यात्राकाे अवसरमा सार्वजनिक बिदा

तानसेन। पाल्पामा भाद्र ११ गते सार्वजनिक बिदा हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले भगवतीकाे रथ यात्राकाे अवसरमा पाल्पा जिल्लालाई बिदा दिने जनाएको छ ।

आइतबार लुम्बिनी प्रदेश सरकार, आन्तिर मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै २०८० चैत २० गतेको लुम्बिनी प्रदेशको प्रदेश राजपत्रमा प्रकाशित बिदा सम्बन्धि सूचना अनुसार भाद्र ११ गते मंगलबारको दिन पाल्पा जिल्लालाई सार्वजनिक बिदा दिइएको जनाएको छ ।

मन्त्रालयको कानून अधिकृत अस्मिता अर्यालले हस्ताक्षर गरेको विज्ञप्तीमा पाल्पा जिल्लामा ११ गते भगवतीको जात्राको अवसरमा सार्वजनिक बिदादा दिइएको उल्लेख छ।

नेपाल अंग्रेज युद्धले नेपाली सेनाले विजयी हासिल गरेको खुसीयालीमा यस वर्ष २०५ औ विजयी यात्रा निकालिने तयारी भएको छ।

Bhawati_Jatra_Bida-1724569267.jpg

तपाईको प्रतिक्रिया