तानसेन। राष्ट्रपति रामचन्द्र पौडेलले तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा पूजा गरी रथ यात्राको अवलोकन गरेका छन्। नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेको खुसीमा २०५ वर्षदेखि मनाइदै आएको विजयी उत्सवमा राष्ट्रपति पौडेलल उपस्थित भई मन्दिरमा पूजा गरी रथयात्रा(खटयात्रा)को अवलोकन गरेका हुन् ।
दुई सताब्दी अघिदेखि सुरु भएको विजयी उत्सवमा राष्ट्र प्रमुखका यो पहिलो उपस्थिती हो। रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सभामुख तुलाराम घर्ती संघीय तथा प्रदेश स्तरका मन्त्री तथा माननीयसहित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीहरुले मन्दिरमा भगवतीको दर्शन गरी रथ यात्राको अवलोकन गरेका छन् ।
नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा जागराम बसी नवमीका दिन सिन्दुर यात्रासहित विजयी उत्सव मनाउने गरिन्छ ।
तत्कालित कर्णेल यजीर सिंह थापाले युद्धमा जाने क्रममा भगवतीसंग बर मागेर विजयी हासिल गरेपछि भालक अनुसार भगवती मन्दिर बनाई प्रत्येक वर्ष सिन्दुर यात्रासहित रथ यात्रा निकाल्न सुरु भएको थियो । पछिल्लो समय प्रदेश सरकारले राजपत्रमा उल्लेख गरी पाल्पा जि ल्लालाई बिदा दिई पर्व मनाउने वातारण समेत बनाएको छ ।
यता पाल्पास्थि सराेकारवाला र स्थानीयले भने संघीय सरकारले यो उत्सवलाई राष्ट्रिय पर्वका रुपमा मनाउनु पर्ने माग राख्दै आएका छन् । रथ यात्रामा हजारौको संख्यामा भक्तजनकाे उपस्थितीमा स्थानीय कला सस्कृति झल्किने झाँकी र्याली समेत देखाइएको भगवती गुठीका अध्यक्ष अशोक मर्हजनले जानकारी दिए।