घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १।१ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोलिटर ३७ डलर मूल्य घटाइएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया