
तानसेन। पाल्पाली गायक पुरुषोत्तम गैरेले तीज गीत दिदी भाई बजारमा ल्याएका छन् । तीजको अवसरमा भेट हुन नसकेका दिदी भाईको सम्झना र दुखेसोमा आधारित गीतमा गैरेसंगै इश्वर सिंह, नन्दु परियार र सुनिता बुढा क्षेत्रीले स्वार दिएका छन् ।
गीतको लय, शव्द गैरे स्वयमले नै गरेका छन् । गैरेले शनिबार आफ्नै युट्युव च्यालन पुरु टीममार्फत गीतको भिडियो सार्वजनिक गरेका हुन् । अस्मिता रणपालले निर्देशन गरेको भिडियोमा शिसिर पौडेल, अस्मिता रणपाल, सुजन जिसी, पिताम्बर पोखरेललगायतको अभिनय रहेको छ ।
दुर्गा श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन राजकुमार मगरले गरेका छन् ।
पछिल्ला वर्षहरुमा तीजमा मौलिकपन छाडेर मनोरञ्जन र समाजमा पाच्य हुन नसक्ने खालका गीतहरु आएको सन्दर्भमा गैरेले पारिवारिक दुःख र सामाजिक मर्म बोकेको गीत बजारमा ल्याएको बताएका छन् ।
शनिवार सार्वजनिक गीतलाई टिकटक र रिलहरु बनाउने क्र बढेको हुँदा सफलता पाउनेमा आफू विश्वस्त रहेको गैरेले बताए ।