पाल्पामा सबै काठका पोल विस्थापन गर्ने तयारी

तानसेन। नेपाल विद्युत प्राधिकारण पाल्पा वितरण केन्द्रले चालु आर्थिक वर्षभित्र सबै काठको पोल विस्थापत गर्ने जनाएको छ । विद्युत सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि आउने असारसम्म सबै काठको पोल हटाउने तयारी रहेको केन्द्रका प्रमुख दिलिप मरासेनीले जानकारी दिए।

गत आर्थिक वर्ष सात सय बढी काठका पोल हटाएको केन्द्रले चालु आर्थिक वर्षमा सबै काठका पोल विस्थापन गर्ने तयारी गर्नेगरी काम सुरु गरेको छ। प्रमुख मरासेनीले गत आर्थिक वर्षमा ३४ करोड २९ लाख ६८ हजार ६९१ रुपैयाँको विद्युत बिक्री गरी ३३ करोड ६९ लाख ३ हजार ५६३ रुपैया राजस्व संकलन भएको पाल्पा वितरण केन्द्रले जनाएको छ ।

पाल्पामा ४० हजार ८ सय ४४ उपभोक्ता रहेका छन् ।जिल्लामा ५३ जना कालो सूचीमा रहेका ग्राहकबाट ८ लाख १३ हजार ५ सय रुपैया उसुल गरिएको पनि केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया