तिनाउकाे धानमा ढुसी र जीवाणुजन्य रोग

तानसेन। पाल्पामा धान खेतीमा ढुसीजन्य र जीवाण्नुजन्य रागको संक्रमण देखा परेको छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार तिनाउ गाउँपालिका भित्रको धान खेतहरुमा यो समस्या देखा परेको हो।

तिनाउको झ्याङ्गलामा सबैभन्दा धेरै यो रोगको समस्या देखा परेको र कृषि प्राविधिकबाट रोग नियन्त्रणका उपाएहरु अपनाइएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जानकारी दिए।

भर्खर हुर्किएको धानमा खासगरी खपटे रोगको समस्या देखा परेको छ। यो रोग र्सो किरा निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरु र सेता धब्बाहरु देखिन्छन ।

खपटे किरा देखिएपछि गाउँपालिका कृषि शाखा प्रमुख र कृषि प्राविधिकको संयुक्त टोलीले अनुगमन तथा निरिक्षण गरेको छ । गाउँपालिका वडा नम्बर-३ का जनप्रतिनिधि टंकनाथ बस्यालका अनुसार किसानको समस्यालाई लिएर अनुगमन तथा निरिक्षण गरी नियन्त्रणको पहल गरिएको छ ।

पालिकाको कृषि शाखा प्रमुख हेमन्त कुमार शर्माका अनुसार कृषि प्राविधिक खेत खेतमा खटिएर किसानहरूको समस्या समाधान का लागि सेवा प्रदान गरिदै आएको छ । यस्तै जिल्लाका अन्य फाटहरुमा पनि सामान्य रुपमा यो धानमा रोग देखा परेपछि पालिकास्तरका कृषि प्राविधिकले रोग नियन्त्रणका उपाए उपनाउदै आएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया