पाल्पाका स्थानीय तहको समीक्षाः तीन तहको समन्वय नभएको गुनासो

तानसेन। पाल्पाका दशैं स्थानीय तहसहित सरकारी कार्यालयहरुको एक वर्षको प्रगतिसहितको समीक्षा सुरु भएको छ । जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा दुई दिने वार्षिक समीक्षा गोष्ठी तानसेनमा सुरु भएको हो । गोष्ठीमा आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका दश स्थानीय तहका साथै संघीय र प्रदेश मातहतका कार्यलयले गरेको कार्यसम्पादन र प्रगति प्रस्तुत गरेका छन् । गोष्ठी स्थानीय तहले गरेका कामहरु समस्या र चुनौतीका बारेमा प्रस्तुती गरेका छन् ।

सबैजसो स्थानीय तहमा जनशक्ति कमी, तीन तहको सहरकारबीच समन्वय नहुँदा समस्या, योजनाको फरफारक तथा उपभोक्ता समितिका विषयमा समस्या रहेको जनाएका छन्। भौगोगित कठिनाई, जनशक्ति नहुनु कानून झन्झट तथा प्रदेश स्तरका कार्यालयले मन्त्रालय हेरफेर हुँदा जिम्मेवारी पनि परिवर्तन हुने जस्ता समस्या देखाएका छन् ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख तथा गोष्ठीका अध्यक्ष टंकनाथ खनालले एक अर्का पालिका र कार्यालयहरुको अनुकरणीय कामको सिकाई तथा अनुभव साटासाट गरी आउदा दिनहरुमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले कार्याक्रमको आयोजना गरिएको बताए ।

गोष्ठीमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मुल्यांकन समितिका सभापति तथा प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरे, क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्य, जिल्लाका क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहित जिल्लामा रहेका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पत्रकारलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको