रिब्दीकोट गाउँपालिकाले थाल्यो बजार अनुगमन

पाल्पा । नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यका साथ पाल्पाको रिब्दीकोट गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा अनुगमन गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलको नेतृत्वमा गाउँपालिकाभित्रका बजार अनुगमन गरी बजारलाई व्यवस्थित गर्न खोजिएको हो ।

गाउँपालिकाले बजार अनुगमनको क्रममा ८७ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका सुचना अधिकारी रूकलाल भट्टराईले बताए । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताए । गाउँपालिकाले बतासे, भैरवस्थान लगायतका क्षेत्रको बजार अनुगमन गरी कानून विपरितका कारोबार नगर्न सुझाव दिएको हो ।

अनुगमनमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पोखरलको नेतृत्वमा पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार सहितको सहभागिता रहेको थियो ।

११ वटा पसलबाट म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरि नष्ट गरेको छ । अनुगमनका क्रममा कुसुमखोलाका कुल ५ वटा पसलको अनुगमन गर्दा २ वटा पसलबाट म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरि नष्ट गरिएको गाउँपालिकाका सुचना अधिकारी भट्टराईले बताए । गाउँपालिकाले अनुगमन मार्फत बतासे र कुसुमखोला बजारबाट कुल ५ हजार ४ सय ६० रूपैयाँ बराबरको सामाग्री जफल गरि नष्ट गरेको बताए ।

हार्थोक बजारका कुल ४८ वटा पसलको अनुगमन गरेको थियो । जस मध्ये ९ वटा पसलबाट कुल ५ हजार ४० रकम बराबरको म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरिएको हो ।

पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि बिनोद नेपालले म्याद गुज्रेका सामग्री विक्री वितरणको लागि राखिएका पसलहरूलाई सचेत बनाइएको बताए । उनले पालिका, जिल्लामा दर्ता नभएका व्यवसायहरूलाई दर्ता गर्न र नविनकरण गर्न सुझाव दिएको बताए । आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा जरीवाना लिने कार्यविधिका बारेमा समेत जानकारी गराइएको बताए ।

व्यवसायीहरूले म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ लगाएतको विक्री वितरण नगर्न र जुन व्यवसाय सञ्चालन गर्ने भनेर अनुमती लिईएको छ सोही प्रकारको सामग्रीहरू मात्र बेचबिखन गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको बताए । पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया