मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३ औँ साधारणसभा

पाल्पा । तानसेन नगरपालिका १३ बौघागुम्वास्थित मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३ औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभामा सहकारीकी अध्यक्ष कमला भण्डारीले तीन सय परिवारका १५० ओटा गाईभैसी र ६०९ बाख्राको बीमा गरिएको र विक्रीमा आधारित अनुदानलाई २९० परिवारमा १० लाख १३ हजार ७२५ रुपैयाँ वितरण गरिएको बताइन् । अध्यक्ष भण्डारीले हेफर ईन्टरनेशनल नेपालको सहयोगमा तरकारी प्रशोधनका लागि अत्याधुनिक मेसिन जडान गरिएको बताइन ।

साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि तानसेन १३ का वडाध्यक्ष टुकप्रसाद भट्टराईले तानसेन नगरपालिका र यस वडा मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्थाप्रति सकारात्मक रहेको बताए । तानसेन नगरपालिकाको गहनाको रुपमा सहकारी रहेको र जहिले पनि प्रगति हेन चाहेको वडाध्यक्ष भट्टराईले बताए ।
तानसेन ६ का वडाध्यक्ष सागरमान महर्जनले यो सहकारीमा नेपालभरिबाट भ्रमण गरिरहेकोले नमुना सहकारीको रुपमा पहिचान बनाएको बताए । नमुना कामको प्रचारका कारण नेपालका अधिकाँश सहकारीले यहाँबाट पाठ सिक्नुपर्ने अध्यक्ष महर्जनले बताए ।

तानसेन १२ का वडाध्यक्ष मेजरसिंह केसीले सहकारीका माध्यमबाट हामीलाई एकठाउँमा जुटाउन सफल भएको बताए । ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले महिला दिदीबहिनीको व्यवस्थापनमा सञ्चालित सहकारी देशमै नमुना बनेको बताए । सहकारीमा महिला दीदीबहिनीहरु आवद्ध भएसँगै आर्थिक, सामाजिक साँस्कृतिक रुपान्तरण देखिएको कार्कीले बताए ।

हेफर नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपाने, ग्रामीण आर्थिक विकास संघ रेडा निर्प परियार लगायतले पछिल्ला समयमा सहकारीले देशमै नमुना काम गरिरहेको बताए । सहकारीको आव २०८०।८१ मा ६ करोड ४६ लाख ५४ हजार २१५ करोबार गरेको थियो ।

तपाईको प्रतिक्रिया