पर्वसंगै धान स्याहार गर्ने चटारोमा किसानहरु

तानसेन। दशैं मनाउने चटारो नसकिदै किसानलाई धान स्याहार गर्ने चटारो सुरु भएको छ । पाल्पाको अन्नभण्डार मानिने, माडीफाँटसंगै अर्गली, रामपुर झडेवालगायतका फाँटर टारी खेतहरुमा धान पाकेर पहेँल्यै बनेको छ ।

असारमा लगाएको धानमा यो वर्ष सिचाइँको र मलको सहजताले गर्दा कात्तिकै नलाग्दै पाक्ने अवस्थामा पुगेको किसानले बताएका छन् ।

ठूला फाँटसंगै टारी खेमा समेत राम्रोसंग धान पाकेको हुँदा उत्पादन बढ्ने अपेक्षा रहेको किसानले बताएका छन् ।

तिनाउ र रामपुरमा केही मात्रामा धानमा रोग देखा परेपनि रोग नियन्त्रणका लागि समयमै उपचारको पहल गरिएको हुँदा कम क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ।

पाल्पामा मकैपछि धान बालीलाई मुख्य बाली मानिन्छ पाल्पाका किसानले आठ हजार हेक्टरबढी क्षेत्रफलमा बर्खे धान लगाउँदै आएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको