गौडे नजिकै मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक जना गम्भीर

तानसेन। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि बस्ने तानसेन ७ प्रभासकी २७ वर्षीया सावित्रा थापा रहेको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको गौडेपुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी थापाको उपचारका लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तानसेन नगरपालिका ७ प्रभासका ४३ वर्षीय ईन्द बहादुर गाहा गम्भीर घाइते छ्। घाइते गाहाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार जारी छ ।

मंगलबार बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु ८८ प ५५६५ नम्बरको मोटरसाइकल गौडेपुल नजिकै अनियन्त्रित भई सडकदेखि अन्दाजी ५० मिटर तल खोला खसेको थियो।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको