सहिदका सपना साकार पार्न सबै एकजुट हुनुपर्छ : नेता पाण्डेय

पाल्पा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले सहिद, घाइते र अपांगहरूको योगदानलाई सम्मान गर्दै सरकारलाई उनीहरूको समस्याहरूको समाधानमा विशेष तत्परता देखाउनुपर्ने बताए । सहिद प्रतिष्ठान नेपाल पाल्पाको दोस्रो अधिवेशनको उद्घाटन गर्दै नेता पाण्डेयले दस वर्षे जनयुद्धको योगदानलाई स्मरण गर्दै, नेपालमा संघीय गणतन्त्र स्थापनामा यसको महत्वपूर्ण भूमिका रहेको बताए । नेता पाण्डेयले सहिदका सपना साकार पार्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सहसचिव पार्वती विश्वकर्माले सहिदहरूले देखेका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले सहिदहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूको योगदानलाई बेवास्ता नगर्न र उनीहरूले चाहेको समानता, न्याय, र समृद्धिको समाज निर्माण गर्न माओवादी केन्द्र लागि परेको बताइन् ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य भीम भट्टराई, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिजाली र दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य खुम बहादुर विश्वकर्मालगायतले पनि सहिदहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखेको समाज रूपान्तरणको सपना पूरा गर्न सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । नेताहरूले सहिदहरूको योगदानले ल्याएको परिवर्तनलाई संस्थागत गर्दै न्याय, समानता र समृद्धिको मार्गमा अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

सहिद प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष लिला कुमारी बगालेको अध्यक्षता र सचिव धनेन्द्र घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सहिद प्रतिष्ठानको अध्यक्षमा लिला कुमारी बगाले

प्रतिष्ठानको अध्यक्षमा लिला कुमारी बगाले, उपाध्यक्ष मति बहादुर थापा, सचिव धनेन्द्र घिमिरे, सह सचिव जित बहादुर मस्रांगी, कोषाध्यक्ष शुशिला गाहा, र सदस्यहरू अमर राज पौडेयाल, अन बहादुर थापा, गकुल्ला रखाल, जगत बहादुर सुनारी, तारा राना, केश कुमारी राना, र धन बहादुर दर्लामी रहेका छन् ।

कार्यक्रम नवनिर्वाचित पदाधिकारीहरुले सहिदहरूको सम्मान, उनीहरूको सपना साकार पार्नका लागि प्रतिबद्धता व्यक्त गर्दै संस्थाले आफ्नो योगदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया