पाल्पामा खोलामा डुबेर एक जनाको मृत्यु

तानसेन । पाल्पामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा  माथागढी –३, सिमलघाट बस्ने २८ वर्षीय निलप्रसाद घर्ती रहेकोे प्रहरीले जनाएको छ ।
घर्ती  बिहीबार दिउँसो तिनाउ खोलाको सिमलघाटनजिक खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घर्तीको तिनाउ खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
तर, के कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

तपाईको प्रतिक्रिया