
तानसेन ।पाल्पामा पिकअप जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका –१, सिद्धेश्वरका ४२ वर्षीय खड्कबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बेलुकी रैनादेवी छहरा –४, धजाबान्नेस्थित अमलाबास–भुवनपोखरी भित्री कच्ची सडक खण्डमा भुवनपोखरीबाट सिद्धेश्वर जाँदै गरेको लु १ ज ४२३१ नम्बरको पिकअप जिपले बाटोमा हिडिरहेका पुनलाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका पुनको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।