पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजनामा ३७ औं विश्व एड्स दिवस २०८१ को अवसरमा एच.आइ.भि. संक्रमितहरुको लागि सचेतना अभिवृद्धि र पोषण सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रति एच.आइ.भि. संक्रमित व्यक्तिहरूलाई चामल ५ केजी, आटा ५ केजी, चना १ केजी, भट्मास १ केजी, केराउ १ केजी, कोडी १ केजी, मासको दाल १ केजी, मसुरो दाल १ केजी, नुन १ केजी, खानेतेल १ पाकेट र नुहाउने सावुन १ थान वितरण गरिएको हो । कार्यक्रममा ३० जना एच.आइ.भि. संक्रमित व्यक्तिहरूलाई पोषणयुक्त खाद्यान्न र यातायात खर्च वितरण गरिएको थियो ।
कार्यक्रममा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले संक्रमित व्यक्तिहरूको जिविकोपार्जनलाई सघाउन आगामी दिनहरूमा गाउँपालिकाले विभिन्न जीविकोपार्जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा रिब्दीकोट गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष ओम प्रसाद पोखरेल , वडा नम्वर ३ का वडाध्यक्ष नारायण बहादुर केसी कार्की, वडा नम्वर ८ का वडाध्यक्ष चुरा बहादुर छहरीले एचआईभी संक्रमित व्यक्तिहरूलाई सहयोग पु¥याउन आयआर्जनका कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर हुनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेल, कार्यक्रम अधिकृत विश्व नाथ न्यौपानेले स्वास्थ्य सचेतनाका कारण एच.आइ.भि. संक्रमितहरुको संख्यामा कमी आएको बताए । यस्ता प्रकारका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनीहरुले बताए ।
कार्यक्रमको सञ्चालन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गरेको कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्यहरू, प्रतिवद्ध सहयोग समूह पाल्पाका पदाधिकारीहरू लगायत सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।





















