
पाल्पा । सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम आईतबार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद तथा अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भई रहेको भन्दै नेपालको परिवेशमा आध्यात्मिक ज्ञान महत्वपूर्ण रहेको बताए। उनले मानसिक समस्याको उपचार विधि नै ध्यान धैर्यता भएको बताउदै २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यसले स्वत परिणाम दिने बताए। जीवन र समाज सुधार संगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न पनि उनले आग्रह गरे।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले साधनाको माध्यमबाट मानिसको जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने बताए। उनले सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको बताए। आध्यात्मको माध्यमबाट स्वयम् आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुने बताए। अरुलाई दोष दिएर समाजमा विकृति विसंगति पैलिएको भन्दै यसका लागि सबै व्यक्ति सुध्रिनु पर्नेमा जोड दिदै २ दिनको अवधिमा सिकेका कुरालाई दैनिक जीवनमा प्रयोग गर्दै सकारात्मक सोँचका साथ अगाडी बढ्न र आफुले जानेका ज्ञानलाई बाँड्न अनुरोध गरे ।
रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले अहिले समाजमा वितृष्णा संगै विकृति विसंगती बढेको भन्दै यसको निराकरणका लागि आध्यात्मिक ज्ञानको आवश्यकता औँल्याउनुभयो ।उहाँले आध्यात्मिक ज्ञानले मानिसको विचार संगै जीवन परिवर्तन गर्ने बताइन् ।
कार्यक्रममा आचार्य श्री महेन्द्र बशिष्टले जीवन र जगतको बारेमा आचार्य विवेकले बुद्ध र बुद्धत्व र सुनिता पाण्डेले खानपान र जीवन शैलीको बारेमा ज्ञान सिकाएका थिए ।
कार्यक्रममा जनप्रतिनिध राजनितिक दल विद्यालयका प्रधानाध्यापक विव्यस अध्यक्ष कर्मचारी पत्रकार लगागत गरी तीन सय बढीको सहभागिता रहेको थियो।