रिब्दीकोट गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको समीक्षा 

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको दुईदिने समीक्षा कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रम रिब्दीकोट गाउँपालिका ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझीको अध्यक्षतामा संचालन भएको हो।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो समुदायमा पुर्‍याएको योगदान अत्यन्तै महत्त्वपूर्ण भएको वडाअध्यक्ष तथा गाउँपालिका रायमाझीले बताए । उनीहरूको कामप्रति सम्मान र प्रशंसा प्रकट गर्दै भने यी स्वयंसेविकाहरूले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने, स्वास्थ्य सचेतना जगाउने, खोप कार्यक्रमहरू सञ्चालन गर्ने र प्राथमिक स्वास्थ्य सेवामा स्थानीय तहमा सशक्त भूमिका खेल्ने गरेको बताए ।

समीक्षा कार्यक्रम रिब्दीकोट गाउँपालिका अन्तर्गतका सबै वडाका स्वास्थ्य चौकी प्रमुखहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र अन्य सरोकारवालाहरूको उपस्थितिमा खस्यौलीमा सञ्चालित समीक्षा भोलिसम्म सञ्चालन हुने छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाहरुको समाज र टोलमा रहेको महत्त्वपूर्ण भूमिकाबारे प्रकाश पारे । स्वास्थ्य शाखाका सिअनमि कमला लाम्टाङेले कार्यक्रमको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया