तानसेन । तानसेनको टक्सार टोलमा एक दिने यमरी महोत्सव तथा फुड फेस्टिवल सम्पन्न भएको छ । मैत्री क्लब र तानसेन नगरपालिका वडा नं. ३ को संयुक्त आयोजनमा एक दिने मोत्सव सम्पन्न भएको हो ।
नेवार समुदायमा प्रचलनमा रहेको यमरी रोटीको प्रचार गर्दै यसको संरक्षण र सीप हस्तान्तरण गर्नका लागि चौथो पटक महोत्सव आयोजना गरिएको मैत्री क्लबका अध्यक्ष मनिता शाक्यले बताइन् ।
नेवार समुदायमा प्रचलित यमरी एक प्रकारको रोटी हो । यमरीको अर्थ य भनेको मनपर्ने र मरी भनेको रोटी भन्ने अर्थ लाग्छ । चामलको पिठो, तिल, चाकुलगायतको खाद्य बस्तु मिसाएर यमरी रोटी बनाइने गरिन्छ ।
यसको सेवनबाट शरीरमा ताप पैदा गर्नुका साथै स्वास्थ्यमा फाइदा पुग्ने विश्वास रहेको छ । महोत्सवमा २० वटा भन्दा बढी स्टलमा नेवार समुदायका प्रचलित अन्य परिकारसमेत चाख्नका लागि नेवार तथा गैर नेवारको बाक्लो उपस्थिती रहेको थियो ।
महोत्सवमा नेवारी धिमेबाजा प्रस्तुती, अन्य कलाकारहरूको प्रस्तुतीसंगै नेवारी समुदायका विभिन्न कला सस्कृतिको अवलोकनको व्यवस्था पनि आयोजकले गरेका थिए ।
हेर्नुहाेस् तस्वीरहरू