समृद्ध बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा

पाल्पा । समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष योगेन्द्र कुमार गैरेको अध्यक्षतामा र तानसेन नगरपालिकाका सहकारी शाखा प्रमुख तथा वरिष्ठ अधिकृत दुर्गा बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि दुर्गा बहादुर थापाले साधारणसभाको उद्घाटन गर्दै संस्थाको गतिविधिको प्रशंसा गर्दै नीति, विधि, र प्रविधिको सही प्रयोग गरेर अघि बढ्न सफल भएको बताए ।

साधारण सभामा अध्यक्ष गैरेले आर्थिक वर्ष २०८०/८१ मा संस्थाले गरेका गतिविधिहरू प्रस्तुत गर्दै ९ करोड ६ लाख ७७ हजार ७ सय ३१ रुपैयाँको आर्थिक कारोबार भएको प्रस्तुत गरेका थिए । संस्थाका लेखा संयोजक मित्रलाल नेपालीले आर्थिक वर्ष २०८०/८१ को आम्दानी, खर्च र आन्तरिक वित्तीय विवरण प्रस्तुत गर्दै आर्थिक सुशासन, जवाफदेहिता र पारदर्शिताबारे स्पष्ट पारे । त्यस्तै, कोषाध्यक्ष मीना कुमारी घर्ती गाहाले आम्दानी र खर्चको अवस्थाबारे प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा संस्थाका उत्कृष्ट सदस्यहरूको सम्मान पनि गरिएको थियो । संस्थाका शेयर सदस्यका परिवारका सदस्य एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना विद्यार्थी, उत्कृष्ट बचतकर्ता दुई जना, उत्कृष्ट ऋणी एक जना, र कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

उपाध्यक्ष गणेश बहादुर रानाको स्वागत मन्तव्य र सचिव तुलसी सूर्यवंशीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सभापति कमलराज तिमिलसिना, संस्था संरक्षक चन्द्र बहादुर नेपाली, जिल्ला समन्वय अधिकारी मनोज आचार्य, सुरेन्द्र पौडेल, र मनलक्ष्मी हेमचुरीले संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया