
तानसेन। मगर राष्ट्रिय मुक्ती मोर्चा जिल्ला संगठन समिति पाल्पाको ५औं जिल्ला सम्मेलन तानसेनमा सम्पन्न भएको छ । सम्मेलनले डिबी रानाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। जसको उपाध्यक्षमा ताराप्रसाद राना र थडबहादुर खाम्चा, सचिव सुशीला गाहा, सहसचिव चेतबहादुर उचै र सोमबहादुर थापा तथा कोषाध्यक्षमा श्यामकुमारी राना निर्वाचित भएका छन् ।
सम्मेलनको उद्घाटन गर्दे माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपेन्द्र पुन (सिजल) ले अहिलेको व्यवस्था माओवादीले स्थापित गरेको बताए।
माओवादी आन्दोलनबाट नै समानुपातिक र समावेशीताको एजेण्डा स्थापित भएको बताउँदै उनले भने, ”२० वर्ष अघि माओवादीले ल्याएका एजेण्डा अहिले स्थापित भएका छन् । पहिले हामीले महिलालाई घरको कामबाट बाहिर ल्याएर नेतृत्व प्रदान गर्नुपर्छ भन्दा हास्नेहरु अहिले तेही नेतृत्वमा रहेका छन् ।” महिलासंगै दलित र अन्य तल्लो वर्गको उत्थान र नेतृत्वमा ल्याउन पनि माओवादीले नै पहल गरेको उनले बताए ।
उनले संघीयता, दलित महिला र अन्उ तल्लो तहका नागरिकको सत्तामा पहुँच पुर्याउने कार्य गर्दै आएको उल्लेख गरे । लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका पुनले माओवालीले सरकारको नेतृत्व गर्दा देशमा भ्रष्ट्राचार र सुशासनका पक्षमा धेरै काम भएको पनि उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रका नेता धन बहादुर पुन, माओवादी केन्द्रका पाल्पा इन्चार्ज नेत्र प्रसाद पाण्डेय, माओवादी केन्द्रका प्रदेश सचिव यज्ञ प्रसाद पोख्रेल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, पाल्पा काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुम सुनारी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पदम सोमैलगायतले माओवादीका एजेण्डामा सरकार अघि बढाए पनि त्यो धारण जनजनमा पुर्याउनु अहिलेको आवश्यकता रहेको बताएका थिए ।
कार्यक्रममा मगर राष्ट्रिय मुक्ती मोर्चाकी केन्द्रीय उपाध्यक्ष लिला सोमैले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेको थिइन् । श्याममाया रानाको स्वागत, तुलसा रानाको संचालनमा रहेको कार्यक्रमको अध्यक्ष जहर सिं सारुले गरेका थिए । कार्यक्रममा मगरी संस्कृतिको नृत्य तथा झाम्रेको पनि प्रस्तुत गरिएको थियो ।