पाल्पा प्रहरीको प्रगति सार्वजनिक

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले आर्थिक वर्ष २०८०।०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो ।

गत वर्षको फागुन ७ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी प्रमुखका रुपमा आएका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले आफू आएदेखि सम्पादित भएका गतिविधिका बारेमा जानकारी दिए। उनले सो अवधिमा दर्ता भएका कूल तीन सय १४ मुद्धा मध्ये १ सय ८७ मुद्धा फस्र्यौट गरेको जानकारी दिए। यो अवधिका मुद्धाहरुमा ८५ वटा कर्तव्य ज्यान सम्बन्धी मुुद्धामा २५ वटा फस्र्यौट भएको र ६० वटा बाँकी रहेको बताए । यस्तै १२ जनालाई भने पक्राउ गरिएको प्रमुख चन्दले बताए ।

यस्तै आत्महत्याका ७४ वटा मुुद्धा दर्ता भएकामा २४ वटा फस्र्यौट र ५० वटा बाँकी रहेका छन् । सोही अवधिमा चोरी सम्बन्धिका ३६ वटा मुद्धा दर्ता भएकोमा ३५ वटा फस्र्यौट भएका छन् । यस्तै संगठित अपराधतर्फ १९ वटा मुुद्धा दर्ता भएकामा १६ वटा मुद्धा फस्र्यौट भएका प्रहरी प्रमुख चन्दले जानकारी दिए ।

सामाजिक अपराधतर्फ ३२ वटा मुद्धा दर्ता भएकोमा ३० वटा फस्र्यौट भएको महिला तथा बालबालिकातर्फ २१ वटा मुद्धा दर्ता भएकोमा शतप्रतिशत नै फस्र्यौट गर्न सफल भएको उनले बताए ।

सवारी ज्यान सम्बन्धी २३ वटा मुद्धा दर्ता भएकोमा १७ वटा फस्र्यौट भएका छन् । यस्तै बैंकिङ कसुर, अपराधिक उपद्रवतर्फ २४ वटा मुद्धा दर्ता भएकोमा १९ वटा फस्र्यौट भएका छन् । एसपी चन्दले एक वर्षको अवधिमा धेरै उपलब्धी हासिल गर्न सफल भएको बताए ।

कार्यक्रममा पत्रकारहरुले टिपरको टाइम कार्ड कार्यान्वयन नहुन नसकेको, ट्राफिक व्यवस्थालाई चुस्त बनाउनुुपर्ने,चेकजाँचलाई थप व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया