कालीगण्डकीमा ढुंगा सरर

तानसेन। तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा माघेसंक्रान्ति मेलाको अवसरमा ढुंगा सवार गर्नु पर्यटकका लागि आर्कषक बनेको छ । कालीगण्डकी स्नान गरी मनोरञ्जन गर्ने पर्यटकका लागि ढुंगा सवार रोजाइमा परेको हो ।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा माघे संक्रान्तिको अवसरमा एक गतेदखि अहिलेसम्म पनि मेला लागेको छ । नदीमाथी ढुंगा सवार गरी तीन जिल्लाका भागहरू र मेला लागेका स्थानमा सवार गर्न पाउँदा रमाइलो लागेको धार्मिक पर्यटक प्रवीन गहतराजले बताए।

ढुंगा सवार गर्नका लागि बच्चादेखि युवा र वृद्धवृद्धासमेत सहभागी हुने गरेका छन् । छोटो समयमा नदीमा ढुंगा खेल्न पाउँदा खुसी लागेको सहभागीले बताएका छन् ।

कालीगण्डकी नदीमा जलयातायात बाह्रै महिना सञ्चालन गर्ने बताइए पनि मेला पर्वमा मात्रै सीमित भएको छ । अन्य समयमा पनि यो ढुंगा र अन्य जलयातायातको व्यवस्था मिलाउन सके पर्यटकलाई मनोरञ्जन र व्यवसायीलाई आम्दानीको स्रोत विकास हुने सो क्षेत्रका नागरिकले बताएका छन्।

मेलामा ढुंगा सवार गरी तीन मुखे, झोलुङ्गे पुलबाट तीन जिल्ला वारपार गर्न पनि पर्यटकको भीड नै लाग्ने गरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया