पाल्पामा हत्यामा संलग्न भएको आरोपमा महिला प्रकाउ

तानसेन। पाल्पामा वृद्ध महिलाको हत्यामा संलग्न भएको आरोपमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका–५, हर्केखर्क बस्ने ५४ वर्षीया निरा कुमारी लम्तरी रहेको प्रहरीले जनाएको छ ।

लम्तरीलाई वि.स.२०७९ असार ३१ गते घर नजिकैको जङ्गलमा मृत फला परेकी कुसुमखोलाकी ७८ वर्षीया भुमकुमारी आलेको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहान दाउरा खोज्न भरी हर्केखर्क जंगलमा भएकी आले बेलुका मृत अवस्थामा फेला परेकी थिएन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसमर अढाई वर्षदेखि अनुसन्धान भइरहेको अवस्थामा पीडित परिवारले किटानी जाहेरी दिएपछि लम्तरीलाई पक्राउ गरिएको हो ।

त्यति बेला मृत महिलाको निधारमा चोट देखिएको र हत्या भएको हुनसक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका थिए । निजलाई नियन्त्रणमा लिएपछि जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया