विकास र सुशासनका लागि एमाले काँग्रेसको सरकारः उपप्रधानमन्त्री सिंह

पाल्पा। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकमा विकास र सुशासनलाई कायम राख्न एमाले काँग्रेसको सरकार बनेको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय परिस्थितीअनुसार यो सरकार बनेको बताएका हुन्।

उपप्रधानमन्त्री सिंहले राजनीतिक अस्थिरताबाट मुलुकको विकास सम्भव नभएपछि दुई ठूला दल मिलेर सरकार बनाएको बताए। यो गठबन्धन सहमति अनुसार नै अघि बढ्ने बताउँदै उपप्रधानमन्त्री सिंहले विकास निर्माण र सुशासन कायम गर्नका लागि देखिएको अवरोध अन्त्य गरी देशलाई विकासको गति दिनका लागि सरकारले निरन्तर काम गर्दै आएको दावी गरे ।

उनले स्थानीय तहहरुले प्रवाह गर्ने सेवालाई सहजता प्रदान गर्नका लागि प्रशासनिक भनवहरु निर्माण गरिएको हुँदा संघीयताको मर्मअनुसार सेवा प्रवाहमा लाग्नका लागि पनि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer