‘तारा चिन्हमा मतदान समस्याको समाधान’ नेकपा उम्मेद्वारः पाण्डेय

तानसेन । नेपाली कम्युनिष्ट पार्टी, पाल्पा क्षेत्र नंं २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले तारा चिन्हमा मतदान गरी आर्थिक समृद्धिको बाटो रोज्न मतदातालई अनुरोध गरेका छन् । मंगलबार रिब्दीकोट गाउँपालिकाको विभिन्न वडामा घरदैलो गर्दै उम्मेद्वार पाण्डेयले आफू साझा उम्मेद्वार भएको हुँदा ढुकक भएर मतदान गर्न आग्रह गरेका हुन्।

उम्मेद्वार पाण्डेयले पाल्पाली जनताले विकास र समृद्धि चाहने बताउँदै त्यसको नेतृत्व विगतदेखि आफूले गरेको हुँदा आगामी निर्वाचनमा पनि विजयी हुने दावी गरे । आफू जनप्रतिनिधि भएदेखि पाल्पालीको सेवामा मात्रै केन्द्रित भएर अघि बढेको बताउँदै नेता पाण्डेयले अब आर्थिक समृद्धिको खाका कोर्नका लागि जनताले आफूलाई नै तारा चिन्हमा मतदान गरी विजयी बनाउनेमा ढुकक रहेको बताए ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले घरदैलोको क्रममा देखिएको माया र जनताले दिने साथको प्रतिबद्धताले आफू निकै उत्साहित रहेको बताए ।

नेता पाण्डेयले भने, “अहिले जसरी म प्रति तपाइँहरु सकारात्मक हुनु भएको छ। यो नै मेरो सम्पत्ति हो, मैले जनप्रतिनिधि भएदेखि सुशासनको प्रत्याभूति र भ्रष्ट्राचारको विपक्षमा उभिएर काम गर्दै आएको छु । अब पनि मेरो सक्रियता निरन्तर रहने छ।”

उनले थपे, -“पश्चिम पाल्पाको रिबदीकोट र रैनादेवीलाई अकबरे खुर्सानी र सुन्तला को जोनका रुपमा विकास गरी स्थानीयलाई आयआर्जनसंग जोड्न र उतपादित उपजको बजारीकरण तथा विविधिकरणमार्फत स्वरोजारी सृजना गरी बसाइसराई रोक्न म प्रतिबद्ध छु ।”

घरदैलोका क्रममा स्थानीय मतदाताले विकासका योजनाको माग तथा केही सुझा दिएको थिए। नेता पाण्डेयले आफू पदमा हुँदा या नहुँदा जहिले पनि नागरिकका गुनासा सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer