पाल्पा । नेपाली काँग्रेसको तर्फबाट पाल्पा क्षेत्र नंं २ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हिमालदत्त श्रेष्ठले स्वास्थ्य, शिक्षा र पर्यटन नै तानसेनको विकास रहेको बताएका छन् ।
पश्चिम नेपालको शैक्षिक घरोहरको रुपमा रहेको तानसेन स्वास्थ्य उपचार पाइने प्रमुख गन्तव्यको रूपमा रहेको हुँदा यसको विकास नै तानसेनको विकास रहेको उनले बताए ।
चुनावी अभियानमा तानसेनमा घरदैलो गर्दै उममेद्वार श्रेष्ठले सो कुरा बताएका हुन् । उममेद्वार श्रेष्ठले तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालको दीर्घकालिन, योजनाबद्ध विकासले नै पाल्पा र तानसेनको विकासमा टेवा पुग्ने बताए ।
उनले तानसेन पर्यटनको व्यापक सम्भावना बोकेको स्थान भएकाले संघीय सरकारले नीति निर्माण गर्ने र स्थानीय सरकारले पर्यटनको विकास गर्नुपर्ने धारणा राखे । उम्मेदवार श्रेष्ठसहित नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता तानसेन नगरपालिका वडा नं. ५, ९ र ६ मा घरदैलो कार्यक्रममा रहेका छन् ।




















