पाल्पामा सिमेन्ट खानीबाट हिँडेको टिपर दुर्घटना, चालक गम्भीर घाइते

तानसेन । पाल्पाको रैनादेवीछहरा गाउँपालिका–१ मा रहेको सर्वोत्तम सिमेन्टको खानीबाट फ्याक्ट्रीतर्फ जाँदै गरेको टिपर दुर्घटनामा परेको छ। बुधबार बेलुका लु २ ख २००१ नम्बरको टिपर रैनादेवीछहरा–२ स्थित सोमादीको बसेल गैरा नजिकै अनियन्त्रित भई करिब ५०० मिटर तल बाँसखोला गैरामा खसेको स्थानीयवासीले बताएका छन्।

दुर्घटनामा टिप्पर चालक गम्भीर घाइते भएका छन्। घाइते चालकलाई उपचारका लागि पाल्पातर्फ अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer