
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रामपुर नगर कमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा भिमविश्व भट्टराई निर्वाचित भएका छन्। भट्टराईको अध्यक्षतामा २५ सदस्य नगर कमिटी गठन भएको हो ।
अधिवेशनले कमिटीको वरिष्ठ उपाध्यक्षमा यम बहादुर सुनार, उपाध्यक्ष गितादेवी विक, सचिवमा लक्ष्मी ढकाल, सहसचिवमा रमेश सुनार र कोषाध्यक्षमा जयलाल विकलाई चयन गरेको छ । सदस्यहरुमा तुल बहादुर मल्ल, सर्ज बहादुर विक, मिनु नेपाली, बिनिता नेपाली, दिर्घनारायण चापागाईँ, विजय पाठक, कुलविर कुमाल, बाबुराम विक, सुजन भट्टराई, देमनाथ उपाध्य, बृद्धिराज विक, मिलन विक, अविनाश विक, माया नेपाली, देवीलाल अधिकारी, मिठुमाया सुनार, चन्द्रावती अधिकारी, ज्ञानु भटट्राई रहेका छन् । नेकपा माओवादी केन्द्र रामपुर कमिटिले सल्लाहकारमा हाकिम बहादुर थापा, पिताम्वर भट्टराई, हाजिरा खातुन चयन समेत गरेको छ ।पार्टीलाई जनताको पक्षमा काम गर्न अभियान सञ्चालन गर्ने र हरेक प्रकारका विकृतिका विरुद्ध संघर्ष गर्ने नवनिर्वाचित अध्यक्ष भट्टराईले बताए ।