नेकपा माओवादी रिब्दीकोटको अध्यक्षमा हरि कुँवर

पाल्पा । नेकपा (माओवादी केन्द्र) रिब्दीकोट गाउँ समितिको तेस्रो अधिवेशनले हरि कुँवरको अध्यक्षतामा ४१ सदस्यीय गाउँ समिति चयन गरेको छ।

जसको उपाध्यक्षमा मीरा राना, राधाकृष्ण दंगाल, सुनिल बस्याल सचिव  नारायण लामटाङ्गे सचिव सदस्यहरू चयन भएको नेकपा (माओवादी केन्द्र) रिब्दीकोट समितिका इन्चार्ज नेप बहादुर ओलीले यो जानकारी दिएका हुन्।

नवनिर्वाचित अध्यक्ष हरि कुँवरले नेकपा (माओवादी केन्द्र) लाई अझ बलियो बनाउँदै जनताको सेवा गर्न निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन रहेका थिए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया