
पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले एचपीभी खोप अभियानबारे खोप केन्द्र रहेका विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधि हरुलाई एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ।
रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा श्री भैरव नवदिप माविको सभा हलमा सम्पन्न उक्त गोष्ठीमा २८ जना प्रअ तथा शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा यही माघ २९ गतेदेखि फागुन ६ गतेसम्म पाटेघरको मुखको क्यान्सर रोकथामका लागि लगाइने एचपीभी नामक भाइरसबाट जोगाउने उद्देश्यले १०७६ किशोरीलाई किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको खोप दिने तयारी रहेको रैनादेवी छहराका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले नयाँधार डट कमलाई जानकारी दिए ।
उक्त गोष्ठीमा छहरा स्वास्थ्य चौकीका डाक्टर शिशिरकुमार पटेलले सिद्धेश्वरमा ८९ जना सोमादीमा १५० जना भुवनपोखरीमा २२९ जना छहरामा २३७ जना मुझुङमा ५० जना जुठापौवामा १२४ जना र सत्यवतीमा १५९ जना कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राहरुलाई विद्यालयमै र विद्यालय बाहिरका किशोरीहरुलाई अझै पनि समाजमा खोपसम्बन्धी गलत धारणा रहेको र खोप सुरक्षित हुने हुँदा ढुक्कका साथ खोप लगाउन सहजीकरण गरिदिनु पर्ने तालिम गोष्ठीमा सहभागी प्र तथा प्रतिनिधिको पनि जिम्मेवारी रहने शिक्षा शाखा प्रमुख निशा पाण्डेले बताइन ।
विद्यालय बाहिरका किशोरीहरूलाई नजिकैको स्वास्थ्य संस्थामा वा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप दिइने जानकारी दिए ।