
पाल्पा । रिब्दिकोट गाउँपालिका वडा नं ४ मा आयोजित लोक सांस्कृतिक कार्यक्रम अन्तर्गत वडास्तरीय प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने हटिया समूहले १५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन । दोस्रो स्थान प्राप्त गर्ने भारकोट समूहले १० हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् भने तृतीय हुन् किञ्जन समूहले ८ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा सहभागी भएका अन्य टिमहरूलाई समेत सांत्वना पुरस्कार प्रदान गरिएको थियो ।
रिब्दिकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले कार्यक्रम सांस्कृतिक धरोहरको संरक्षणका लागि ठूलो कदम भएको बताइन । उनले सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दै हाम्रो इतिहास र परम्परालाई जोगाउने प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले प्रतियोगिता र सांस्कृतिक कार्यक्रमहरूको आयोजनाले समुदायमा सकारात्मक सोच र सहकार्यको भावना फैलाउने मधत गरेको बताए ।
प्रतियोगितामा सहभागी टिमहरूले नृत्य प्रस्तुति मार्फत स्थानीय संगीत र संस्कृतिको महत्त्वलाई उजागर गराउनु भएको थियो । प्रतियोगिताले गाउँपालिका क्षेत्रमा सांस्कृतिक जागरूकता फैलाउने र लोपन्मुख गीत र नृत्यहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरेको भैरब जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले बताए ।
कार्यक्रममा वडा अध्यक्ष सोम कुमार कार्कीले लोपन्मुख संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य राजेन्द्र नेपालले गरेका थिए ।