नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ समितिको तेस्रो सम्मेलन माघ २७ गते हुने

पाल्पा । नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँपालिका गाउँ समितिको तेस्रो सम्मेलन माघ २७ गते हुने भएको छ। सम्मेलनको उद्घाटन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गर्ने कार्यक्रम तय गरिएको छ। सम्मेलनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने छ ।

सम्मेलनले पार्टी संगठनको सुदृढीकरण, भावी रणनीति, तथा स्थानीय तहमा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिने नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ समितिका अध्यक्ष पदम सोमैले जानकारी गराए। पार्टीको नीति तथा योजनाहरूलाई कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक निर्णयहरू हुने अपेक्षा गरिएको छ। यस सम्मेलनमा पार्टीका स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको व्यापक सहभागिता रहने आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया