गीतमा नन्दु परियार र शकुन्तला गैरेकै आवाज रहेको छ। भिडियोमा सागर पाठक गंगा पोखरेललगायतका कलाकारहरूको महत्वपूर्ण भूमिका रहेको छ। भिडियो छायांकनदेखि सम्पूर्ण निर्माण प्रक्रियामा विष्णु भट्टराई र सगुन शर्माको साथ छ ।
भिडियोमा अञ्जली अधिकारीको उत्कृष्ट प्रस्तुति देख्न सकिन्छ। गीतकार गैरेले यस गीतलाई सफल बनाउन योगदान दिने सम्पूर्ण दर्शक, श्रोता, तथा टिमका सदस्यहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै भनेकी छन्, “तपाईंहरूको मायाले संगीतको बीज रोपेको छु। यसलाई मलजल गरेर हुर्काउने जिम्मा तपाईंहरूकै हातमा सुम्पिएको छु। आशा छ, पक्कै माया गर्नु हुनेछ।”
गीत सार्वजनिक भएसँगै श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। “नौजाले रुमाल” ले नेपाली लोकसंगीतमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको गायक गैरेको भनाइ छ ।