
तानसेन। पाल्पामा बुवा र दिदीकाे कुटाइबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ।
गएको फागुन १५ गते घरायसी विषयमा तीन जनाबिच झगडा भएको थियो । आपसी झैझगडा हुँदा ६३ वर्षका मृतकका बुवा शेरबहादुर र ४५ वर्षकी दिदी देवी कुमालले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
बुवा र दिदीको कुटाइबाट बेहोस भएका उनको श्रीमतीले उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए।
कुटपिट गर्ने बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेकोे प्रहरीले जनाएको छ।