पाल्पामा भरुवा बन्दुकसहित एक जना पक्राउ

तानसेन। पाल्पामा अवैध रुपमा राखेको भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका वडा नं. २ खुर्साने (खहरे) का ३८ वर्षीय जीवन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

विकले अबैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको र बन्दुकमा प्रयोग हुने छर्रा र बारुद जस्तो देखिने कालो धुलो पदार्थसहित यनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार निजलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया