श्रीनगर सास्कृतिक डबली संचालन

तानसेन। तानसेनस्थित कैलाशनगर निर्माण सम्पन्न भएको श्रीनगर सांस्कृतिक डबली सञ्चालनमा आएको छ ।लुम्बिनी प्रदेश सरकारको लगानीमा बनेको डबली स्थानीय सरकार तानसेन नगरपालिकाले संचालनमा ल्यायाएको हो ।

स्थानीय कला संस्कृति प्रस्तुत गर्नका लागि खुला नाचघरका रुपमा लुम्बिनी प्रदेश सरकारले छ करोड ८२ लाख ५६ हजार बढीको लागतमा निर्माण सम्पन्न गरी गरेको डबली १५ महिना अघि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो । स्थानीय सरकारले संचालनका कार्यविधि बनाएर डबली संचलानलमा ल्याएको हो ।

डबलीमा हप्ताको एक दिन विभिन्न जाजतातिका कला संस्कृतिको प्रस्तुति, खानाका परकार र अन्य कार्यक्रम गर्नेगरी योजना अघि बढेको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए।

कुल पाँच सय जना अट्न सक्ने क्षमताको खुला नाच घरमा पहिलो दिन मगरी नेवारी खानाका परिकारसंगै सोरठी, झ्याउरे, नेवारी धिमेबाजा, जिवैमाइवा जस्ता नाच प्रदर्शन गरिएको डवली संचालक समितिका संयोजक एवं तानसेन नगरपालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।

डबलीमा स्टेज, दुबोसहितको दर्शक कक्ष, कलाकारको चेन्जिङ रूम, कोलसेट, शौचालय, गार्ड हाउस, टिकट काउन्टर, अफिस कोठा र पार्किङसहितको सुविधा रहेको छ ।

तपाईको प्रतिक्रिया