
तानसेन। अखिल क्रान्तिकारी त्रिभुवन बहुमुखी क्याम्पस तानसेनको भेलाबाट आगामी स्ववियू निर्वाचनमा मिलन घर्ती मगरलाई सभापतिको उम्मेदवार बनाउने घोषणा गरेको छ । शुक्रबार बसेको संगठनको भेलाले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा सभापतिमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता पदम सोमैले जानकारी दिए ।
घोषणा कार्यक्रममा विभिन्न संकायका अखिल क्रान्तिकारी निकट विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण विद्यार्थीले घर्ती मगरलाई सभापतिमा जिताउने सामाजिक सञ्जाल र अन्य माध्ययमबाट प्रचार प्रसार समेत गर्दै आएका छन् ।
हाल अखिल क्रान्तिकारीका त्रिभुवल बहुमुखी क्यापसका इकाइ कमिटी अम्यक्ष रहेका घर्तीले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको समस्याका बारेमा क्याम्पस र अन्य निकायसंग समन्वय गर्दै आएको दावी गर्दै समग्र शैक्षिक र क्याम्पसको प्रशासनीक तथा भौतिक सुधारका लागि आफूलाई मतदान गर्नका लागि सबै विद्यार्थीमा आग्रह गरेका छन् ।