भैरव नवदीप नमूना माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी संस्थाको अध्यक्षमा राम बहादुर कार्की

पाल्पा

रैनादेवी छहरा-४ छहराको भैरव नवदीप नमूना माध्यमिक विद्यालयमा पढ्ने पूर्व विद्यार्थीहरूको संस्था “पूर्व विद्यार्थी संस्था”को दोस्रो साधारण सभा आज विद्यालयको सभाहलमा सम्पन्न भएको छ।
डा. राम बहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर रायमाझी, शिक्षक अभिभावक संघका अध्यक्ष खगेश्वर पोखरेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बहादुर रायमाझीले विद्यालयको उन्नति र प्रगतिमा पूर्व विद्यार्थीहरूको सहयोग र सहभागिता आवश्यक रहेको बताउँदै उनीहरूलाई संस्थासँग जोडिने अपील गरे। उनले पूर्व विद्यार्थीहरूले विद्यालयको विकासमा सकारात्मक भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे।
यसैगरी, शिक्षक अभिभावक संघका अध्यक्ष खगेश्वर पोखरेलले पनि विद्यालयको उन्नतिमा पूर्व विद्यार्थीहरूले सहयोग पुर्याउनुपर्ने आवश्यकता रहेको बताउँदै उनीहरूलाई संस्थामा सक्रिय हुन आग्रह गरे। कार्यक्रममा पूर्व विद्यार्थी संस्थाको १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
नयाँ कार्यसमितिको अध्यक्षमा राम बहादुर कार्की रहेका छन्। कार्यक्रमको सुरुवातमा नित्यानन्द पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका प्राध्यापक झलक बहादुर रायमाझीले गरेका थिए।
यस अवसरमा विद्यालयका शिक्षक, पूर्व विद्यार्थी र अभिभावकहरू उपस्थित थिए। कार्यक्रममा विद्यालयको विकासमा पूर्व विद्यार्थीहरूले गर्न सक्ने भूमिका र यसद्वारा विद्यालयलाई अगाडि बढाउने विषयमा छलफल गरिएको थियो। संस्थाको नयाँ कार्यसमितिले विद्यालयको विकासमा सहयोग पुर्याउने र पूर्व विद्यार्थीहरूबीच समन्वय कायम गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया