
तानसेन। पाल्पामा माछा मार्ने क्रममा ढुंगाले च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५, चर्चरेका १३ वर्षीय सुरेश रास्कोटी रहेको प्रहरीले जनाएको छ ।
बुधबार डुम्रे खोलामा माछा मार्ने ढुंगाले च्यापिएर उनको उपचारका क्रममा अस्पतालमा मृत्यु जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धार्थ राजमार्गको नजिक कालीमाटीस्थित डुम्रे खोलामा माछा मार्ने क्रममा रास्कोटीलाई ढुंगाले च्यापेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
स्थानीय र प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरी टोलीले रास्कोटीलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकोमा उपचारका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान जाारी रहेको पाल्पा प्रहरीले जनाएको छ।