कालीगण्डकीमा हुँगीका पुरुषको शव फेला

तानसेन। पाल्पास्थित कालीगण्डकीमा एक जना पुरुष मृत फेला परेका छन् । रम्भा गाउँपालिका –१ बिसमुडे घाटस्थित कालिगण्डकी नदीमा असर्दीका ५२ वर्षीय सञ्जय बोटे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

विहीबार दिउँसो खोलामा माछा मार्न जान्छु भनि घरबाट हिँडेका उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको शवलाई प्रारम्भिक अनुसन्धानपछि पोष्टमार्टमको लागि रामपुर अस्पताल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया