वाइसिएल पाल्पा अध्यक्षमा पुनः श्रेष्ठ

तानसेन। वाइसिएल नेपाल पाल्पाको अध्यक्षमा पुनः कमल श्रेष्ठ निर्वाचित भएका छन् । हालै तानसेनमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट उपाध्यक्ष नवीन घिमिरे, कमल खत्री र दुर्गा केसी, सचिवमा राधाकृष्ण दङ्गाल, सहसचिवमा जीवन राना, जीवन दर्लामी र विष्णु विक तथा कोषाध्यक्षमा मनिष रावल निर्वाचित भएका हुन् ।

अन्य दुई वटा सहसचिव र अन्य सदस्यहरुको नामावली टुंगो लगाउन बाकी रहेको अध्यक्ष कमल श्रेष्ठले नयाँधारलाई जानकारी दिए।

तपाईको प्रतिक्रिया